बूढानीलकण्ठका जनप्रतिनिधि पौडेलद्वारा जन्मदिनमा मानवसेवा आश्रमलाई राहत वितरण



०६ जेठ २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का जनप्रतिनिधि माधव पौडेलले आफ्नो जन्मदिनमा मानवसेवा आश्रमलाई राहत वितरण वितरण गरेका छन् ।

समाजसेवी भावना भएका उनले बूढानीलकण्ठ स्थित रहेको मानवसेवा आश्रमको आवश्यक्ता अनुसारको ३ बोरा दाल, २ कार्टुन तेल र ५० केजी चामलको पिठो गरी १४ हजार बराबरको राहत वितरण गरका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित पौडेल नगरमा समेत राम्रो नेताको रुपमा चिनिन्छन् ।

मानवसेवा आश्रममा पहिला विभिन्न अतिआवश्यकीय सामग्री वितरण गर्दै आएका वडासदस्य पौडेलले आगामी दिनमा पनि आफ्नो क्षमता अनुसारको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण खान समस्यामा परेका विभिन्न स्थानीयलाई समेत व्यक्तिगत खर्चमा सहयोग गरेको बताएका छन् । आफ्नो जन्मदिनमा नचाईने खर्च गर्न भन्दा समस्यामा परेकालाई सहयोग गर्न उचित ठानि सहयोग गरेको वडासदस्य माधव पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्