साहित्यकार दिलिप योञ्जनद्धारा ४२ परिवारलाई राहत वितरण



०६ जेठ २०७७, काठमाडौं

विश्वभरी कोभिड– १९ को महामारीले विश्व आतंकित बनेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैनन् ।

लकडाउनलाई मध्यनजर गर्दै ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई लकडाउनले थप संकटको अवस्था सिर्जना गरेको छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार तथा समाजसेबी दिलिप योञ्जनले १२ परिवारलाई राहत प्रदान गरेका छन् । उनले काठमाडौंको बूढनीलकण्ठ नगरपालिका वडा नं १ र २ का अति विपन्न तथा मजदुर ४२ परिवारलाई राहत सहयोग गरेका हुन । जसको समन्वय साहित्यकार बिना थिङ र डोल्मा तामाङले गरेका थिए ।

उनले पहिलो र दोस्रो पटक गरी जम्मा रु ९२७६० बराबरको राहत स्वरुप चामल, तेल, दाल वितरण गरेकोे जानकारी परिवर्तन खबरलाई दिएका छन् । लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका बताउदैँ साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहतलाई थप सहयोग पुगोस् भन्ने मनसायले मैले खल्तीबाट समस्यामा परेकालाई सहयोग गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्