संयुक्त क्लबद्वारा दैनिक गुजारा गर्ने ३५ परिवारलाई राहत वितरण



०६ जेठ २०७७, काठमाडौं

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को समयमा संयुक्त क्लबले काठमाडौं महानगरपालिका १५ स्थित धिमेल्वह टोलका दैनिक गुजारा गर्न समस्या भएका ३५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

लकडाउनका कारण घरमै बस्न बाध्य भई बिहान बेलुकाको छाक टार्न समस्याहुने तथा डेरामा बस्ने ३५ घरपरिवारलाई राहत वितरण गरेको क्लबका महासचिव निरज श्रेष्ठले परिवर्तन खबरलाई बताएका छन् ।

उक्त राहत वितरण कार्यमा का.वा अध्यक्ष दिपक मुनि बज्राचार्य, महासचिव निरज श्रेष्ठ, कोषाध्यक्ष विश्वमोहन राजभण्डारी, सदस्यहरु सानु राजा श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, स्थानीय सुनिज श्रेष्ठ, निकेश श्रेष्ठ, अनुज श्रेष्ठ, उद्वव प्रसाद घिमिरे तथा लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्