कोरोनासंग डराए ट्रम्प, आफै बने वैज्ञानिक, संक्रमणबाट जोगिन वैज्ञानिकहरुले पुष्टि नगरेको औषधि खान सुरू गरे



०६ जेठ २०७७, काठमाडौं

कोरोना भाइरसको उच्च संक्रमण र मृत्युले आजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु संक्रमणबाट जोगिन औषधि खान सुरू गरेका छन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् ।

यद्यपी हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने अहिलेसम्म वैज्ञानिक प्रमाण फेला परिसकेको छैन ।

वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइरहेको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालि सकिएको समेत उनले दाबी गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ । अमेरिकामा कोरोनाका कारण ९१ हजार ९ सय बढीले ज्यान गुमाईसकेका छन् भने १५ लाख ४९ हजार ३ सय बढी संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्