नेकपा बागमतीद्वारा कोरोनाबाट मृत्यु भएकालाई श्रद्धाञ्जली ब्यक्त



०५ जेठ २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीले कोरोना भाइरसका कारण मृत्यु भएकाप्रति शोक वक्तव्य मार्फत श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेलद्वारा जारी वक्तव्यमा कोरोनाका कारण मृत्यु भएका शोक सन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गरेका छन् । साथै सम्पूर्ण जनसमुदायमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको स्वास्थ्य सम्बन्धी नीति नियमको पूर्ण परिपालन गर्दै राष्ट्रिय संकटको घडिमा सबैमा धैर्यधारण गर्दै सरकारको आगामी कदमलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

नेकपा बागमती कमिटीद्वारा जारी शोक वक्तव्य : 

प्रतिक्रिया दिनुहोस्