समस्या परेमा मधेशी आयोग को हटलाइन : ११५२



०५ जेठ २०७७, काठमाडौं

मधेशी आयोगले हटलाइन नम्बरको सुरुवात गरेको छ । आयोगले कुनै समस्या आइपरेमा आयोगको हटलाइनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

मधेशी समुदाय माथि कुनै प्रकारको हिँसा वा अत्याचार भएमा उजुरी दिन वा कुनै जानकारी लिन आयोगले ११५२ नम्बर रहेको हटलाइन मा सम्पर्क गर्न सकिने आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको सचिवालय सदस्य दिपेन्द्र यादवले जानकारी दिएका छन् ।

आयोगले उच्चस्तरीय अनुगमन समिति र प्रदेश स्तरीय अनुगमन समिति बनाएर लकडाउनको अवस्थाबारे समेत अनुगमन गर्न थालेको छ । आयोगका अध्यक्ष डा.दत्तले प्रदेश-२ का बिभिन्न जिल्ला पुगी स्थलगत अनुगमन गर्नुको साथै प्रशासनिक निकाय तथा सुरक्षा निकायका अधिकारीहरुसँग समग्र वस्तुस्थितिबारे जानकारी लिएका छन् । साथै अध्यक्ष डा.दत्तले सबैलाई घरमै बसी पूर्ण रुपमा लकडाउनको पालना गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्