
०५ जेठ २०७७, काठमाडौं
नेपाल सरकारले जारी गरेको लकडाउनको कारण आम सर्वसाधारणको जीवन ग्रसित त बनेको नै छ। थप संकटमा परेका छन, रगतको कमिले अस्पताल र ब्लड बैंकहरु। सोही कुरालाई मध्यनजर गरि, श्री राष्ट्रिय सेवा दल अलुम्नाइ अशोसियशन काठमाडौ जिल्ला कार्यसमितिद्वारा हिजो आइतबार दुर्गाबक्स गण, चण्डीदल गण र काठमाडौ महानगरपालिका वडा नं १को सहयोगमा, नेपाल रेड्क्रससंग समन्वय गरि नक्सालमा अवस्थित नन्दीकेशर बगैंचामा आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि उच्च अहोदाको आर्मीहरु, एन.सि.सि अलुम्नाइ अशोसियशनको प्रमुख सल्लाहकार निगम हुमागाइ ज्यु, एन.सि.सि अलुम्नाइका सर-म्यामहरु र एन.सि.सि क्याडेट छात्रछात्राहरुको उपस्थित थियो।

परिवर्तन खबरसँगको कुराकानीमा निर्देशक ज्योति थापाले, ” रक्तदान कार्यक्रम हामीले लकडाउन पछिपनि गर्न सक्थ्यौँ। तर अहिले जस्तो रगतको अभाव, पछि हुँदैन। ब्लड क्यान्सर, गर्भवती महिलाहरुलाई रगतको कमि भएको खबर प्राप्त भएपछि हामीले ५ दिन अघि मात्रै रक्तदान कार्यक्रम गर्ने भनेर निर्णय गरेका थियौ। पछिल्लो समय कोरोना संक्रमण अप्रत्याशित ढंगले बढेपछि र अस्ति मात्रै कोरोना कारणले मृत्युु भए पश्चात्, रक्तदाताहरु कमि भएको हुनसक्ने बताए ।”
कार्यक्रममा उपस्थित जो कोहिलाई सुरुमा थर्मल गन मार्फत शरीरको ताप्क्रम मापन गरि, लिकुइड सोप मार्फत हात धोइ, स्यानिटाइजर लगाइ, पन्जा लगाएपछि मात्रै रक्तदान प्रक्रियामा अघि बढाइएको थियो भने रजिस्ट्रेशन गर्न बसेका २ क्याडेट छात्राहरुले पिपिइ लगाइ नाम दर्ता गरिरहेका थिए। सामाजिक दुरि कायमगर्न भनी क्याडेट भोलुन्टरहरु खटाएका थिए ।

एन.सि.सि अलुम्नाइ अशोसियशन काठमाडौ जिल्ला कार्यसमिति निर्देशक ज्योति थापाको नेतृत्वमा खटिएको टोलिले लकडाउन सुरुभए पश्चात पहिल्लो चरणमा हातधुने अभियान, दोश्रो चरणमा काठमाडौको विभिन्न स्थानमा राहत वितरण गरेका थिए भने अहिले तेस्रो चरणमा रक्तदान कार्यक्रम संचालन गरेका हुन् ।





