एमसीसीबारेको देउवाको अभिव्यक्तिको भीम रावलद्वारा खण्डन: ‘महाकाली सन्धिका बेला पनि यस्तै भन्नुहुन्थ्यो’



०५ जेष्ठ २०७७, काठमाडौं

सत्तारुढ नेकपाका सांसद भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पारित गर्नुपर्छ भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरेका छन् ।

यही अधिवेशनमा पास हुनुपर्ने देउवाको भनाइतर्फ लक्षित गर्दै नेता रावलले महाकाली सन्धि जस्तै एसीसी पनि राष्ट्रघाती हुने उल्लेख बताए ।

प्रतिनिधी सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका रावलले भने, ‘नेपाली कांग्रेस संसदीय दलका नेताले यही अधिवेशनमा पारित गर्नुपर्छ भन्नुभएको थियो । उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो ।’

महाकाली सन्धी १०/१० वर्षमा पुनरावलोकन हुने र कार्यान्वयन गर्ने सम्झौता भएपनि त्यो हुन नसकेको नेता रावलले बताए । नेता रावलले विवादास्पद एमसीसी पछाडिको ढोकाबाट आउन खोजेको टिप्पणी पनि गरे ।

एसीसी सम्झौता अनुसार भयो भने राष्ट्रहित विपरित हुने बताउँदै उनले भने, ‘एउटा स्वाधिन देशका हैसियतमा आँच पुर्याउने सम्झौता लागु हुनुहुँदैन । स्वाधिनता पैसामा साट्न सकिँदैन ।’

यसैगरी अन्तरदेशीय उद्योग खोल्ने कुरा नीति तथा कार्यक्रममा आएको तर त्यस्तो गर्न मिल्ने उनको भनाई थियो । उनले अन्य चुनौती भएको बेला अस्पष्ट कुराहरु अघि सार्दा जनतामा भ्रम सिर्जना हुने धारणा प्रस्तुत गरे ।

कोरोनाभाइरस र भारतीय अतिक्रमणबाट देशलाई कसरी जोगाउने भन्ने दोहोरो चुनौती नेपालसामू रहेको नेता रावलको भनाइ छ । लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतको उपस्थिति हट्नुपर्ने माग उनको माग छ ।

बीचमा नेपालको नक्साबाट कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको कदम स्वागतयोग्य रहेको नेता रावलले बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्