कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने



०५ जेठ २०७७,काठमाडौं

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार सहयोग गर्ने बताउनुभएको हो । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्