बारा : पत्रकारलाई पनि संक्रमण, संक्रमित पत्रकार ५ पुगे



० जेष्ठ २०७७, काठमाडौं

बारामा एक पत्रकारमा पनि कोेभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

सोमबार (आज) बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोनाको संक्रमण पुष्टि भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।

संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा नं. ५ निवासी ३८ वर्पीय पुरुष भएको बताइएको छ । उनलाई कलैयामा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको पनि प्रवक्ता मिश्रले बताए ।

यसअघि बाराको छिमेकी जिल्ला पर्सामा पनि दुईजना पत्रकारमा संक्रमण देखिएको थियो । त्यस्तै, जनकपुर र उदयपुरमा पनि एक एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्