अमेरिकन आइडलको उपाधी नजिक नेपालका छोरा दिवेश पोखरेल, भोटिङ खुल्ला, यसरी गर्नुस भोटिङ



०५ जेठ २०७७, काठमाडौँ

नेपालका छोरा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।  दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो जुन सुरु भइसकेको छ ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्