२० जेष्ठसम्म बन्दाबन्दी लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय



०४ जेष्ठ २०७७, काठमाडौं

सरकारले बन्दाबन्दी (लकडाउन्) लम्ब्याएर २० जेष्ठसम्म पुर्याएको छ ।

मन्त्रिपरिषद्को आइतबार (आज) बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

यसअघि सरकारले ५ जेष्ठसम्मको समयावधि थपेको थियो । जुन भोलि सकिँदैछ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको र २ जनाको मृत्युसमेत भएपछि सरकारले थप दुई हप्ता बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्