श्रममन्‍त्री यादव अस्पतालमा



०४ जेष्ठ २०७७, काठमाडौं

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् ।

एक महिनादेखि जनै खटिराको उपचार गराइरहेका मन्त्री यादव थप पीडा भएपछि आइतबार (आज) बिहान अस्पताल गएको उनका छोरा मनीष यादवले बताए ।

आज बिहान अस्पताल पुगेर चेकजाँच गरेपछि चिकित्सकले २४ घण्टा अब्जरभेसनमा बस्न सुझाव दिएका छन् । मन्त्री यादवको स्वास्थ्य उपचारमा डा. प्रविन यादवलगायतको टोली सक्रिय छ ।

मधुमेहबाट पीडित मन्त्री यादवको ईसीजी रिपोर्ट नर्मल आएको छोरा मनीषले बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्