नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै प्रस्ताव दर्ता



०४ जेष्ठ २०७७, काठमाडौं

सरकारले ल्याएको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम संशोधनको माग गर्दै सांसदहरुबाट एकल तथा संयुक्त रुपमा विभिन्न पाँच वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

आइतबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा संशोधनकर्ताहरुले नीति तथा कार्यक्रममा कोभिड १९ (कोरोना भाइरस)पछिको देशको आर्थिक अवस्था उकास्ने योजना नभएको, राहत प्याकेज समावेश नभएको तथा अनुत्पादक क्षेत्रमा भएको खर्चलाई उत्पादकत्व क्षेत्रमा लगाउने कार्यक्रम नभएको धारणा राखेका थिए ।

यस्तै उनीहरुले कोरोनाबाट प्रभावित पर्यटन, उद्योगधन्दा, कृषिलगायत क्षेत्रको साथै प्रत्यक्ष प्रभावित ज्यालादारी तथा मजदूरी गर्नेहरुलाई तत्काल राहत पुग्ने योजना समावेश गर्न पनि माग गरेका थिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संयुक्त रुपमा १७ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसैगरी अर्का संशोधनकर्ता सांसद सरिता गिरीले नीति तथा कार्यक्रम खोक्रो भएको बताए ।

यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्