अन्तर दृष्टि नेपाललाई एनआरएनए जर्मनी महिला फोरमको सहयोग



०३ जेठ २०७७, काठमाडौं

एनआरएनए जर्मनी महिला फोरमको सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नं. नं १३ मा रहेको अन्तर दृष्टि नेपाल बालआश्रमलाई राहत सामग्री उपलब्ध गराईएको छ ।

एनआरएनए जर्मनको महिला संयोजक करुणा तुलाधार राईको पहल तथा एनआरएनए जर्मनी महिला फोरमको सहयोगमा अन्तर दृष्टि नेपाल बालआश्रमका अध्यक्ष नन्दा सिंहलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

हातेमालो महिला विकास कार्यसमितिको सदस्य इश्वरी तुलाधरको संयोजनमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, समाजसेवी बिन्दा गौतम, हातेमालो महिला विकास समितिको अध्यक्ष शोभा दाहाल लगायतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको समाजसेवी बिन्दा गौतमले परिवर्तन खबरलाई जानकारी दिएकी छन् ।

त्यसैगरी बूढानीलकण्ठ नगरपालिका वडा नं १०मा ब्लड क्यान्सर भएका १ जना र शारीरिक अपाङ्गता भएका १ गरी दुई जनालाई समेत खाद्यन्न सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्