विदेश मन्त्रालयका महानिर्देशकलाई ट्रम्पले पदबाट हटाए



०३ वैशाख २०७७, वासिङ्टन

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका महानिर्देशक स्टिभ लिनिकलाई पदबाट बर्खास्त गरेका छन् । ट्रम्पले कोपभाजनमा पर्ने उनी पछिल्ला सरकारी कर्मचारी हुन् ।

हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीलाई शनिबार (हिजो) हिजो राति पठाएको पत्रमा आफूलाई महानिर्देशक लिनिकप्रति भरोसा नरहेको ट्रम्पले उल्लेख गरेका अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभको विदेश मामिला समितिले महानिर्देशक लिनिकलाई विदेश मन्त्री माइक पम्पियोविरुद्ध छानविन थाल्न निर्देशन दिएको केही समय नबित्दै उनलाई ट्रम्पले हटाएका हुन् ।

विदेश मन्त्रालयका एक उच्च अधिकारीले लिनिकलाई हटाउन विदेशमन्त्री पम्पियोले राष्‍ट्रपति समक्ष सिफारिस गरेको पुष्‍टि गरे ।

एनएनका अनुसार त्यसको कारणप्रति भने ती अधिकारीले अनविज्ञता प्रकट गरे ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्