‘मदन-आश्रित’को २७ औं स्मृति दिवस : औपचारिक कार्यक्रमहरु भएनन्



०३ जेष्ठ २०७७, काठमाडौं

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस शनिबार (आज) मनाइँदैछ ।

कोभिड १९ (कोरोना भाइरस)महामारीका कारण यस वर्षको स्मृति दिवसमा औपचारिक कार्यक्रमहरु भएका छैनन् । दुई वर्षअघि आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

विसं २०५० साल ३ जेष्ठ (आजकै दिन) दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो । रहस्यमय रहेको उक्त घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन ।

दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।

बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्