कोरोना महामारीलाई परास्त गर्ने अमेरिकाबाट आयो यस्तो खुसीको खबर



०३ जेठ २०७७, काठमाडौं

अमेरिकाको एक कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ४ दिनमै निको पार्ने एन्टीबडी बनाइएको दाबी गरेको छ । फक्स न्यूजका अनुसार क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको उल्लेख छ ।

अमेरिकी संचारमाध्यम फक्स न्यूजले एक्ल्युसिभ न्यूज भन्दै प्रकाशित समाचारमा उक्त एन्टीबडीले चार दिनभित्रै कोभिड १९ संक्रमण निको बनाउने उल्लेख छ । समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ ।

एसटीआई – १४९९ एन्टीबडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिकबाट उत्पादित सो एन्टीबडीबारे विस्तृत विवरण आजै साँझसम्ममा सार्वजानिक गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्