लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरिनेछ : राष्ट्रपति



०२ जेष्ठ २०७७, काठमाडौं

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ ।

शुक्रबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारको तर्फबाट आव २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दै सरकारले नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी हुन् ।

“तदनुरुप नै छुटेको भूमि समेत समावेश गरेर गरी नेपालको नक्सा जारी गरिनेछ ।” उनले भनिन् । सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोस्ट् स्थापना गर्नेसमेत उनले जानकारी दिइन् ।

जानकारहरुका अनुसार हाल नेपालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । आजै मात्रै बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले छुटेको भूमि समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्