वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमका लागि शुरुवाती पूँजी सरकारले उपलब्ध गराउने



०२ जेष्ठ २०७७, काठमाडौं

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्न सरकारले शुरुआती पूँजी उपलब्ध गराउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमशील बन्न चाहने युवालाई सरकारले यस्तो सुविधा दिने घोषणा गरिएको हो ।

नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि शुरुवाती पूँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई शुरुवाती पूँजी उपलब्ध गराईने हो ।

उक्त कार्यक्रमका लागि सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पुनर्संरचना गरेर कार्यक्रम क्षेत्र विस्तार गरिने भनिएको छ ।

पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड १९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले बेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाइने पनि उनले बताइन् ।

पयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ति तालिम केन्द्रहरु सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्