विसं २०९९ सालसम्ममा समुन्नत नेपाल बनाउने आधार तयार भइरहेको छ : राष्ट्रपति



०२ जेष्ठ २०७७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा भ्रष्टाचारीले उन्मुक्ति पाउने दिन गएको बताएकी छन् ।

शुक्रबार (आज) संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारको तर्फबाट आव २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भ्रष्टाचारीले उन्मुक्ति पाउने दिन गएको र यो सरकारले भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाएको उनले दावी गरेकी हुन् ।

“कानुनी शासन स्थापित भएको छ ।” उनले भनिन्, ‘नागरिकले मौलिक हक अनुसारको सेवा सुविधा राज्यबाट पाएका छन् ।’ विसं २०८७ सम्म दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको देशमा पुर्‍याउने पनि उनले दावी गरिन् ।

यस्तै यही सरकारको पालामा विकासशील देश बनाउने गरी काम भइरहेको र २०९९ सालसम्म समुन्नत नेपाल बनाउने गरी आधार तयार भइरहेको राष्ट्रपति भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्