‘कोभिड १९’का कारण सरकारको प्राथमिकता तथा कार्यदिशा फेरिएको छ : राष्ट्रपति



०२ वैशाख २०७७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको प्राथमिकता तथा कार्यदिशा फेरिएको बताएकी छन् ।

कोभिड–१९ (कोरोना भाइरस)को संकटका कारण सरकारको कार्यदिशा र प्राथमिकताको पाटोहरु फेरिएको उनले बताइन् ।

शुक्रबार (आज) संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय)को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि सरकारको मुख्य कार्यदिशा र प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्उत्थान हुने उनले बताए ।

साथै राष्ट्रपतिले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्य भएको बताइन् । उनले विश्व समुदाय अदृष्य दुष्मनविरुद्ध लडिरहेको बताउँदै भनिन्, ‘कोभिड– १९ का कारण परेको आर्थिक क्षतिको पूर्ति होला । तर गुमेको मानव जीवनको क्षतिपूर्ति हुन सक्दैन । यो बेला मानिसको जीवनरक्षा सरकारको सर्वोच्च कर्तव्य हुन आउँछ ’

आगामी वर्ष कोरोना महामारीका कारण रोजगारी गुमाएका गरिब, मजदूर तथा विपन्न वर्गलाई लक्षित गरी रोजगार एवं आयआर्जनसम्बन्धी विषेश कार्यक्रम तथा आयआर्जनसम्बन्धी विशेष कार्य सञ्जचालन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्