मुलुकमा शान्ति र अमनचयन कायम भएको छ : राष्ट्रपति



०२ वैशाख २०७७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति र अमनचयन कायम भएको बताएकी छन् ।

शुक्रबार (आज) संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारको तर्फबाट आव २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा शान्ति र अमनचयन कामय भएको बताएकी हुन् ।

“मुलुकमा शान्ति र अमनचयन कायम भएको छ । सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्र हितको रक्षा भएको छ ।” उनले भनिन्, ‘कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्थानीय तहमार्फत् राहत उपलब्ध गराइएको छ ।’

अहिले पनि राष्ट्रपतिको सम्बोधन जारी छ ।

प्रतिक्रिया दिनुहोस्