सरकारले जनभावनानुसार काम गरेको छ : राष्ट्रपति



०२ जेष्ठ २०७७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जनभावनाअनुसार काम गरेको बताएकी छन् ।

शुक्रबार (आज) अपराह्न संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दे उनले यस्तो बताएकी हुन् ।

“यो सरकारले जनभावनाअनुसार काम गरेको छ ।” उनले भनिन्, ‘यो सरकारले जनताको मनोकांक्षालाई बुझ्दै काम गरेको हुनाले यसले थप लोकतन्त्रलाई बलियो बनाएको छ ।’

यस्तै राष्ट्रपति भण्डारीले कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणमा प्रदेश तथा स्थानीय सरकारबाट भएको कामले संघीयताको आवश्यक्ताबारे प्रष्ट्याएको पनि उनले बताइन् ।

|नीति तथा कार्यक्रम संसदमा पेश गर्दे राष्ट्रपति|

प्रतिक्रिया दिनुहोस्