प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेको आरोपमा पक्राउ



०२ जेष्ठ २०७७, काठमाडौं

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिको फोटोको दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारीका २२ वर्षीय मधु पौडेल भन्ने तोरणराज पौडेललाई विशिष्ठ व्यक्तिहरुको फोटोको स्वरुप बिगारेर चरित्र हत्या गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन २०६३ को कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्