‘ओली सरकार कामको प्राथमिकीकरणमा नराम्ररी चुक्दैछ’



०२ जेष्ठ २०७७, काठमाडौं

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार देशको प्रमुख समस्या पहिचान र कामको प्राथमिकीकरणमा नराम्ररी चुकेको टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनुपूर्व शुक्रबार (आज) आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ट्वीट् गर्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

“सरकार प्रमुख समस्या पहिचान र कामको प्राथमिकीकरणमा नराम्ररी चुक्दैछछ । ६०लाख बढी श्रमिक विदेशमा काम गर्ने र भारतसँग खुलासीमा रहेको स्थितिमा कोरोना नियन्त्रण र आर्थिक पुनर्जीवन निम्ति प्रवासी श्रमिक र खुलासीमाबाट आवतजावत नै प्रमुख मुद्दा हो । यसलाई बुझ र काम गर ! नत्र संकट टर्दैन ।” उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्