बिनामास्क संसद भवन प्रवेशमा रोक



०२ जेष्ठ २०७७, काठमाडौं

शुक्रबार (आज) संघीय संसद भवन बानेश्वर प्रवेश गर्नको लागि मास्क अनिवार्य गरिएको छ ।

बिनामास्क सांसद, पदाधिकारी तथा अन्य कोही पनि प्रवेश नपाइने सूचनामार्फत् जानकारी गराइएको छ ।

“आज संघीय संसद परिसरमा प्रवेश गर्नुहुने सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।” प्रकाशित सूचनामा भनिएको छ ।

संघीय संसद सचिवालयले २ घण्टा अघि सूचना जारी गर्दै संसद भवन प्रवेश गर्ने सबैलाई मास्क लगाउन अनिवार्य गरिएको जानकारी दिएको हो ।

यसअघि सांसद तथा कर्मचारीहरु सबैको पीसीआर विधिबाट कोभिड १९ (कोरोना भाइरस)परिक्षण गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

|नीति तथा कार्यक्रम प्रस्तुत हुनुवूर्प संसद भवन। श्रोतः|

प्रतिक्रिया दिनुहोस्