५ जेष्ठपछि बन्दाबन्दीको स्वरुप बदल्दै सरकार



०२ जेष्ठ २०७७, काठमाडौं

सरकारले ५ जेष्ठपछि बन्दाबन्दी (लकडाउन्)को मोडालिटी बदल्ने भएको छ ।

कोभिड १९ (कोरोना भाइरस)रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितको शुक्रबार (आज) बसेको बैठकले बन्दाबन्दीको समीक्षा गर्दै मोडालिटी बदल्ने निर्णय गरेको हो ।

समितका सदस्य सचिव तथा प्रवक्ता नारायण बिडारीले विज्ञहरुसँग बन्दाबन्दीका बारेमा समीक्षासँगै यसको मोडालिटी परिवर्तनबारे छलफल भएको बताए ।

“चिकित्सा क्षेत्रका विज्ञ विशषज्ञसँग छलफलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सल्लाह लिने काम भएको छ ।” उनले भने ।
विज्ञको सल्लाहका आधारमा नागरिकको जनजीवनलाई सहज बनाउने गरी लकडाउनबारे निर्णय हुने बिडारीको भनाई छ ।

अब कोरोनाका जोखिम क्षेत्र छुट्याएर त्यही अनुसारको बन्दाबन्दी गर्ने सरकारको तयारी छ । बन्दाबन्दीका कारण रोकिएका ६ सय जनालाई जापान जान दिने समितिले निर्णय गरेको छ ।

बन्दाबन्दीकै कारण नेपालमै रोकिएका हङकङका नागरिकलाई पनि स्वदेश जान दिने निर्णय गरेको छ । गत २५ वैशाखमा सरकारले आगामी ५ जेष्ठसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्