लिम्पियाधुरा समेटेर नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन



०२ जेष्ठ २०७७, काठमाडौं

सत्तारूढ नेकपाको सचिवालय बैठकले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनपूर्व शुक्रबार (आज) बिहान बालुवाटारमा बसेको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिएको हो ।

“हामीले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएका छौं ।” बैठकपछि सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनालले भने, ‘नेपालको भू–भागको रक्षा गर्नु सरकारको कर्तव्य हो । यसमा सरकार कहीँ कतैबाट विचलित हुनुहुँदैन ।’

त्यस्तै उनको बैठकले कोरोनाको संक्रमण भयावह बन्दै गएकाले सरकारले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालिएको पनि बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्