नेकपाको स्थायी कमिटी बैठक अनिश्चित, नीति तथा कार्यक्रमपछि छलफल हुने



०२ जेष्ठ २०७७, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि मात्र छलफल हुने भएको छ ।

शुक्रबार (आज) बसेको नेकपा सचिवालय बैठकमा स्थायी कमिटी बैठकबारे कुनै छलफल नभएको र सरकारको नीति तथा कार्यक्रमपछि मात्र यसबारे निर्णय हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार ल्याउँदैछ ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्