आईओसीद्वारा स्थगित टोकियो ओलम्पिकका लागि ८०० मिलियन अमेरिकी डलरको घोषणा



०२ जेष्ठ २०७७, काठमाडौं

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो सन् २०२० ओलम्पिक स्थगित हुँदा परेको गम्भीर असरलाई सहयोग र्पुयाउन ८०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग छुट्याको छ ।

कोभिड–१९ महामारीका कारण टोकियो ओलम्पिक स्थगित भएको छ । आईओसीको सहयोग अन्तर्गत ६५० मिलियन डलर आयोजक जापानले पाउनेछ ।

यस्तै अरु १५० मिलियन डलर विभिन्न अन्तर्राष्ट्रिय खेल महासंघ र राष्ट्रिय ओलम्पिक कमिटीलाई नगद प्रवाह समस्यामा लोनमा दिने उल्लेख छ ।

आइओसीका अध्यक्ष थोमस बाकले कोभिड–१९ भ्याक्सिन नभेटिए अर्को वर्ष हुने ओलम्पिक पनि अनिश्चित भएको बताए । यसै वर्ष हुने तय भएको टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म हुने गरी सरेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्