मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै



०२ जेष्ठ २०७७, काठमाडौं

सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकले नीति तथा कार्यक्रमका अलावा अन्य प्रस्तावमाथि पनि छलफल गर्ने बुझिएको छ ।

शुक्रबार (आज) नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकमा सरकारले बन्दाबन्दी (लकडाउन्)कडाइ गर्ने गर्ने विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्