विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नीति तथा कार्यक्रम प्रस्तुतका सबै तयारी पूरा



०२ जेष्ठ २०७७, काठमाडौं

सरकारको नीति तथा कार्यक्रम शुक्रबार (आज) प्रस्तुत गर्दैछ ।

संघीय संसद्‍मा संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नीति तथा कार्यक्रम प्रस्तुतका लागि सबै तयारी पूरा भइसकेको छ । विश्‍व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै सबै व्यवस्थापन भएको पनि उनले जानकारी दिए ।

हरेक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्ष पनि स्वास्थ्य क्षेत्रको पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सरकारले १५ जेष्ठमा आव २०७७/०७८ को वार्षिक बजेट ल्याउने छ ।

|तस्वीरमा नीति तथा कार्यक्रम प्रस्तुतपूर्वको संसद भवन। श्रोतः|

प्रतिक्रिया दिनुहोस्