चीनसँगको सबै प्रकारको सम्बन्ध तोड्ने ट्रम्पको धम्की



०२ जेठ २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सबै सम्बन्ध तोड्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’

ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ? ’ र जवाफ दिए, ‘यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५ सय अर्ब डलर बचाउनुहुनेछ ।’

अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । तर चीनले लगातार यो आरोप अस्विकार गर्दै आएको छ । ट्रम्पकोे चीन–विरोधी बयानलाई मानिसहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्