नियमित कोरोना ब्रिफिङ्ग अब ३:१५ बजे



०१ जेष्ठ २०७७, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजित पत्रकार सम्मेलन (कोरोना ब्रिफिङ्ग) अब ३:१५ बजे हुने भएको छ ।

बिहीबार (आज)को ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार (भोलि)देखिको नियमित ब्रिफिङ्ग ३:१५ बजे हुने जानकारी दिए ।

यस्तै उनले नेपालमा कूल कोरोना संक्रमितको संख्या २४६ नै भएको पनि बताए । जसमा १९८ जना पुरुष र ४८ जना महिला भएको पनि बताए ।

जसमा ३५ जना निको भएर घर फर्किसकेका छन् ।

|तस्वीरमा प्रवक्ता। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्