महालक्ष्मी नगरपालिकामा श्रममा आधारित रोजगार कार्यक्रम सुरु



०१ जेठ २०७७, काठमाडौं

महालक्ष्मी नगरपालिकाको श्रम बैंक (सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मज्दुरहरुलाई श्रमसँग जोड्ने योजना) अनुरुप महालक्ष्मी नगरपालिका वडा नं ८ मा श्रममा आधारित रोजगार कार्यक्रम विगत चार दिन देखि सुरु गरिएको छ ।

सो कार्यक्रममा वडा नं ८ को जधः कुलो मर्मत कार्य, लुभु प्राथमिक स्वास्थ्य केन्द्र र वडा कार्यालय परिसर सरसफाई कार्य र चसिडोल ठाडो बाटोको कुलो सरसफाई कार्यहरु भइरहेको छ ।

यसैगरी अन्य वडाहरुबाट पनि श्रम बैंकमा आबद्ध हुन इच्छुकहरुको आवेदन फारम बुझ्ने काम भइरहेको छ । आर्थिक र सामाजिक अवस्था कमजोर हुनेलाई प्राथमिकता दिँदै सामाजिक विकास निर्माणको काममा बेरोजगार श्रमिक मजदुरहरूलाई दैनिक तथा ज्यालादारी मज्दुरका रुपमा परिचालन गर्न महालक्ष्मी नगरपालिका ललितपुरले विगत केही दिनदेखि नै सुरु गरिसकेको छ ।

यसो गर्दा लकडाउनको कारण मर्कामा परेका श्रमिक ज्यालादारी मजदुरहरुलाई दैनिक खर्च व्यवस्थापन गर्न सहज हुने विश्वास नगर प्रमुख रामेश्वर श्रेष्ठ व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्