०१ जेठ २०७७, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित रहेको केयर बाल गृहलाई कम्युनिटी केयर नेपालले राहत सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपाल सरकारले लागु गरेको लकडाउन पालना गरेर कहि कतैबाट सहयोग नपाएर समस्यामा परेको केयर बाल गृहलाई कम्युनिटी केयर नेपालले चामल, दाल, तेल, नुन र खाजा लगायतका दैनिक उपभोग्य समग्री सहयोग गरेको हो ।

एचटिभि खबरका प्रधान सम्पादक सविन पन्तको संयोजनमा उक्त दैनिक उपभोग्य सामग्री केयर बाल गृहलाई उपलब्ध गराईएको थियो ।





