०१ जेठ २०७७, काठमाडौं
लायन्स क्लव अफ काठमाडौं टि कपनको संयोजन तथा समाजसेवी कन्चन बास्तोलाको सहयोगमा संचारकर्मीहरुलाई विभिन्न सामग्री सहयोग गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचारकर्मीहरुलाई सुरक्षा सामाग्री, इन्धन लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।
लायन्स क्लव अफ काठमाडौं टि कपनकी सदस्य रहेकी बास्तोलाले प्रकोप नियन्त्रण र रोकथाम अभियानमा संचारकर्मीहरुले खेलेको भूमिकाको कविता मार्फत प्रसंशा गर्दै आफुले त्यहि क्रियाशील भूमिकाको सम्मान गर्नका लागि सहयोग गरेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले विषम परिस्थितिमा महत्वपूर्ण भूमिका खेलका संचारकर्मीहरुको सुरक्षा र उनीहरुले बहन गर्दै आएको जोखिमका बारेमा विषेश ध्यान दिन आवश्यक रहेको बताए ।
बूढानीलण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले स्थानीय सरकारले गरेका सकारात्मक कामको प्रचार गर्ने र नकारात्मक कामको खबरदारी गर्न संचारकर्मीहरुले आवश्यक भूमिका खेल्नपर्ने बताए ।
लायन्स क्लव अफ काठमाडौं टि कपनकी आइपिपी तथा नेकपा बूढानीलकण्ठ –११ कि सचिव संगीता पन्तको अध्यक्ष्यतामा भएको कार्यक्रममा वडा नं ११ वडा सदस्य भगवती निरौला, महिला संजाल अध्यक्ष भवानी भट्टराई देउजा, कल्याणकारी स्वयंसेवक संघ बूढानीलकण्ठका सचिव शंकरराज न्यौपाने, आधारशिला युवा क्लवका दिपक लामा लगायतको उपस्थिति रहेको थियो ।





