
३१ वैशाख २०७७, काठमाडौं
दार्चुलाको छारुङमा बोर्डर अब्जर्भेसन पोस्ट् स्थापना भएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका १ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाको नेतृत्वमा बुधबार (आज) बीओपी स्थापना गरिएको हो ।
दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो ।
बीओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई १७ हेलिकप्टर खलंगाबाट छाङरु गएको छ ।
छाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो ।





