
३१ वैशाख २०७७, काठमाडौं
सवारी दुर्घटनामा परी बर्दियामा एक युवकको ज्यान गएको छ ।
राजापुर नगरपालिका–६ का २५ वर्षीय सोमनाथ थारुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । भे५प ४३३२ नम्बरको मोटरसाइकल र भे१च ३४३५ डेलिभरी भ्यान कोठियाघाट पुलनजिकै मंगलबार (हिजो) राति ठोक्किँदा घाइते भएका मोटरसाइक लचालक चौधरीको उपचारका क्रममा गुलरिया अस्पतालमा मृत्यु भएको हो ।
भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|फाइल तस्वीर|





