मलाई दिएको सुरक्षा गार्ड राज्यले फिर्ता लैजाओस् : नारायणकाजी श्रेष्ठ



३१ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई दिएका सुरक्षा गार्ड फिर्ता लैजान आग्रह गरेका छन् ।

सीमामा खटिन सशस्त्र प्रहरीको अभाव भएको तर नेताहरुलाई राज्यले अनावश्यक रुपमा सुरक्षा गार्ड दिएको विषयमा चौतर्फी आलोचना भएपछि प्रवक्ता श्रेष्ठले आफ्नो सुरक्षाभन्दा देशको सुरक्षा ठूलो भएको बताउँदै आफूलाई दिइएको सुरक्षा गार्ड फिर्ता लैजान आग्रह गरेका हुन् ।

“थाहै छ । म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ ।” उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेखेका छन्, ‘ त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।’

सरकारले उनलाई १२ सुरक्षाकर्मी उपलब्ध गराएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्