
३१ वैशाख २०७७, काठमाडौं
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।
बुधबार (आज) बिहान ११ बजेका लागि पार्टी मुख्यालय धुम्बाराहीमा बेलाइएको बैठक स्थगित भएको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।
भीआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नै कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले बताए ।
मंगलबार (हिजो) साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी हुन् । अर्को बैठकको मिती अनिश्चित छ ।
|फाइल तस्वीर|





