९१ जनालाई राहत वितरण



३० बैशाख २०७७, काठमाडौं

महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज (मंगलबार)  ९१ जनालाई  खाद्य सामाग्रीहरू वितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामका लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयले उक्त कदमको थालनी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्