रञ्ज दर्शना र ज्ञानेन्द्र शाही पक्राउ



३० वैशाख २०७७, काठमाडौं

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् ।

भारतले नेपालको भूमि अतिक्रमण गरेको विरोधमा मंगलबार (आज) दिउँसो काठमाडौंमा प्रदर्शन गर्ने क्रममा उनी पक्राउ परेकी हुन् ।

दर्शनासहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ज्ञानेन्द्र शाही पक्राउ
‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।

उनलाई मंगलबार (आज) दिउँसो काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी सुधीर शाहीले बताए ।
भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए ।

उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ । यस्तै आज मात्र सीमाको विषयलाई लिएर काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका ६५ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्