विभत्स हत्या : टाउको काटिएको शव भेटियो



३० वैशाख २०७७, काठमाडौं

सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एउटा शव फेला परेको छ ।

लहान नगरपालिका वडा नं. १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार (आज) बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए ।

उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपी कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको डिएसपी क्षेत्रीले बताए । प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ ।

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । लकडाउनको अवधिमा प्रदेश नं. २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्