लिपुलेकको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाऔं : राजमो अध्यक्ष केसी



२९ वैशाख २०७७, काठमाडौं

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लिपुलेकको विषयलाई तत्काल अन्तर्राष्ट्रिय अदालतमा लैजान माग गरेका छन् ।

केसीले सोमबार (आज) एक विज्ञप्ति जारी गर्दै लिपुलेकको विषयलाई चाँडै अन्तर्राष्ट्रिय अदालतमा लैजान माग गरेका हुन् । “नेपालको जमिन भारतले आफ्नो भनि दावी गरेको छ । यो समस्या अब द्विपक्षीय रुपमा मात्र समाधान गर्न संभव छैन । द्विपक्षीय प्रयासलाई जारी राख्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय तहमा उठान गर्नु पर्दछ ।” केसीले विज्ञप्तिमार्फत् भनेका छन् ‘संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय अदालतमा पनि यो विषयलाई उठाउन पर्दछ । त्यसको लागि हामीले सरकारसँग जोडदार माग गर्दछौँ ।’

केसीले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका अतिक्रमित भूमि समेटिएको नक्सा तत्काल सार्वजनिक गर्न र प्रयोगमा ल्याउन पनि सरकारसँग माग गरेका छन् ।

भारतले गत शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक एकतर्फी रुपमा निर्माण गरेर उद्घाटन गरेपछि चौतर्फी विरोध हुँदै आएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्