विदेशी भूमिमा मृत्यु भएकाहरुको शव सम्बन्धीत मुलुकमै अन्त्येष्टि गरिने



२९ बैशाख २०७७, काठमाडौं

वैदेशिक रोगारीमा रहेमा नेपालीहरुको कोरोना भाइरस (कोभिड–१९)का विदेशी भूमिमै मृत्यु भएकाहरुको सव सम्बन्धीत मुलुकमै अन्यष्टि गरिने भएको छ ।

श्रम, रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशीक रोजगार बोर्डले आज (सोमबार) एक सूचना जारी गर्दै कोरोनाका कारण विदेशी मूमिमा नै मृत्यु भएको खण्डमा सम्बिन्धीत देशमै अत्यष्टि गरिने जनाएको छ ।

त्यसका लागि मृतक कामदारको नजिकको हकदारको तर्फबाट सहमति पत्र सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमार्फत् पठाउन बोर्डको सचिवालयले अनुरोध गरेको छ ।

सम्बन्धीत मुलुकमा नै अन्तिम संस्कारका लागि सहमति पत्र पठाउने नजिकको हकदारलाई सान्त्वना स्वरुप ५० हजार रुपैयाँ प्रदान गरिने पनि बोर्डले सूचनामा उल्लेख गरेको छ ।

उक्त राहत सहायता तन्तर्राष्ट्रिय उडान सुचारु भएपछि मृत्यु हुनेको हकमा भने लागु नहुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्