महादेव कोलोनी महिला समूहद्वारा निःशुल्क खाद्यान्न वितरण



२९ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाका संस्था तथा व्यक्तिहरुलाई महादेव कोलोनी महिला समरुहले निःशुल्क खाद्यान्न वितरण गरेको छ । नगरपालिकाका चार वडाहरुमा रहेका संस्थाहरुलाई उक्त राहत वितरण गरिएको हो ।

बूनपा १  को  मानव सेवा आश्रम, २ को  तपस्थली वृद्धाश्रम, ३ को नवयुवा बाल सुधार समाज र वडा नं. ५ को बालगृह महासंघलाई दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराएको समूहकी अध्यक्ष निशा बरालले परिवर्तन खबरलाई जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्