
२९ बैशाख २०७७, काठमाडौं
नेपाल राष्ट्रिय मारवाडी परिषद, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गानाइजेशनको सहकार्यमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सहयोग हुने होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्ने भएको छ ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले परिवर्तन खबरसँगको कुराकानीमा ‘नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद र रोकथाम उपायहरूको लागि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड–१९ को होमियोप्याथिक उपचार पद्धतीको समेत प्रोटोकल तयार पारेको छ । मन्त्रालयको प्रोटोकल अनुसार होमियोप्याथिक औषधी कोरोना विरुद्ध फ्रन्ट लाइनमा काम गर्नेहरूलाई यसअघि नै वितरण गरिएको भएपनि अब आम नागरिकलाई पनि उपलब्ध गराउने उनले जानकारी दिए ।’
पहिलो चरणमा २ लाख परिवारलाई निःशुल्क वितरण गरिने ‘आर्सेनिकम एल्बम ३० सि’ को होमियोप्याथिक औषधी २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यसपछि २ गोली प्रत्यक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्ने उनले बताए ।
होमियोप्याथिक औषधीको सेवनपछि पनि सामाजिक दुरी कायम गर्ने, हात धुने, माक्सको प्रयोग पनि निरन्तर गर्नुपर्ने उनको भनाई छ ।





