
२९ वैशाख २०७७, काठमाडौं
विसं २०७७ वैशाख २९ । सोमबार । इ.स. २०२० मे ११ । ने.स. ११४० बछलागा।
मेष
मेष [चु, चे, चो, ला, लि, लु, ले, लो, अ]
सुनौलो भविष्यको योजना बन्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।
मिथुन
मिथुन [का, कि, कु, घ, ङ, छ, के, को, हा]
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।
सिंह
सिंह [मा, मि, मु, मे, मो, टा, टि, टु, टे]
आज परिश्रमद्वारा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शेयर बजरको कारोवारबाट सफलता मिल्नेछ ।
तुला
तुला [रा, रि, रु, रे, रो, ता, ति, तु, ते]
आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलतापनि पाइएला ।
धनु
धनु [ये, यो, भा, भि, भु, धा, फा, ढा, भे]
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ
कुम्भ [गु, गे, गो, सा, सि, सु, से, सो, दा]
साथीभाई या नयाँ व्यक्तिसंग भेटघाट रहला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
बृष
वृष [इ, उ, ए, ओ, वा, वि, वु, वे, वो]
स्वाआज स्थ्यमा समस्या आउनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।
कर्कट
कर्कट [हि, हु, हे, हो, डा, डि, डु, डे, डो]
आज विद्या र बुद्धिको विकास हुनेछ । योजना तथा छलफलमा सहभागी भईएला । नयाँ रोजगारको अवसर मिलनेछ ।
कन्या
कन्या [टो, पा, पि, पु, ष, ण, ठ, पे, पो]
आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सहभागीपनि भईएला ।
बृश्चिक
वृश्चिक [तो, ना, नि, नु, ने, नो, या, यि, यु]
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।
मकर
मकर [भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि]
आज यात्रागरेमा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्नेछ ।
मीन
मीन [दि, दु, थ, झ, ञ, दे, दो, चा, चि]
महत्त्वपूर्ण कामको योजना र थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शैक्षिक क्षेत्र सुधार उन्मुख हुनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल





